नेपालमा थप ९,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १६८ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।काठमाण्डौ उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी रहेको छ।
नेपालमा कोभिडबाट किन निको हुने दर घट्दैछ र मृतक बढ्दैछन्
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरि गत सोमवारयता ५८,५८१ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २७,६८२ वटामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यो तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।
सो अवधिमा १३,६७६ जना सङ्क्रमणमुक्त भएको डा। गौतमले बताए। चौबीस घण्टाको अवधिमा ४,४४४ जना कोभिड १९ मुक्त भएको सरकारी तथ्याङ्क छ।
एक लाखभन्दा बढीमा सक्रिय सङ्क्रमण
बुधवारको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको मन्त्रालयले जनाएको छ।
अहिले काठमाण्डौ उपत्यकामा ४१,९०० भन्दा धेरै पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।
उपत्यकामा अहिलेसम्म झन्डै दुई लाख जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये एक लाख ५६ हजार जनाभन्दा बढीलाई निको भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। हालसम्मको नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट निको हुने दर ७४.९ प्रतिशत भएको डा. गौतमले बताए।
मन्त्रालयका अनुसार अहिले काठमाण्डौ उपत्यकामा ३,९२४ सङ्क्रमित फेला परेका हुन्। तीमध्ये काठमाण्डू जिल्लामा सर्वाधिक ३,२५० जनामा सङ्क्रमण पुष्टि भएको हो।
कागजी निर्णयले मात्रा सीमा बन्द गर्न सकिँदैनुस् महामारीका बेला सशस्त्र प्रहरीका यस्ता छन् चुनौती
तीव्र गतिमा कोभिड १९ फैलिरहँदा तपाईँले जान्नै पर्ने पाँच कुरा
मन्त्रालयका अनुसार रूपन्देहीमा ७७१, ललितपुरमा ४४८, मोरङमा ३६०, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५, भक्तपुरमा २२६, चितवनमा २०४ र झापामा २०० जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।
कहाँ छन् सङ्क्रमित ?
बुधवार अपराह्णसम्मको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितमध्ये ७,२९१ जना संस्थागत आइसोलेशनमा र बाँकी ९४,३४३ जना घरमै बसिरहेको डा. गौतमले बताए। तीमध्ये जटिल समस्या भएका बिरामी अस्पतालमा उपचाररत छन्। डा। गौतमका अनुसार २८५ जना भेन्टिलेटरमा भएकासहित १,२४१ जना आईसीयूमा छन्।।
उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढी छ।
काठमाण्डौ ३०,५८८
भक्तपुरः ४,६१४
ललितपुरः ६७१४
वैशाख २९ गते बुधवार अपराह्णसम्मको विवरण
अहिलेसम्म काठमाण्डौमा ९६०, भक्तपुरमा १९३ र ललितपुरमा २६० गरी काठमाण्डौ उपत्यकामा १,४१३ जनाको मृत्यु भइसकेको छ।
सरकारले गत साता मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु र शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको जनाएको थियो।
त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार थप ८,८५० जनामा सङ्क्रमण र पहिला तथ्याङ्कमा नपरेकासहित ८८ जनाको मृत्यु, सोमवार ९२७१ जनमा सङ्क्रमण र १३९ जनाको मृत्यु तथा मङ्गलवार ९,४८३ जनामा सङ्क्रमण र २२५ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
यो साता आइतवारदेखि प्रकाशित दैनिक विवरणमा विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या समाविष्ट छ। मन्त्रालयका अनुसार नेपाली सेनाले शव व्यवस्थापन गरेका मृतक समेत त्यसमा समाविष्ट छन्। (बिबिसि)








