सगरमाथामा जाङ्बुले फहराए टानको झन्डा

  • ख-
  • ख+

काठमाण्डौ । ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) को झन्डा सगरमाथामा फहराईएको छ । किर्तीमानी पर्वतारोही जाङ्बु शेर्पाले टानको झन्डा फहराउनुभएको हो । उहाँले गत मे ११ तारिकमा नेपाली समय अनुसार बिहानको करिब ६ः०५ बजे टानको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराउनुभएको हो ।

टानको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराईएको सन्दर्भमा टान अध्यक्ष खुम बहादुर सुवेदीले खुशी व्यक्त गर्दै भन्नुभयो ‘यो हाम्रा लागि गर्व र खुशीको कुरा हो, बिशेष गरि जाङ्बु र उक्त दलका शेर्पा दाजुभाइहरु प्रती हामी आभार प्रकट गर्न चाहन्छौ ।

टानले जाङ्बुको सम्मानमा बिदाइ कार्यक्रम राखी टानको झन्डा हस्तान्तरण गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?