भिरबाट लडेर महिलाको मृत्यु

  • ख-
  • ख+

दिपायल सिलगढी नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडागडा सेटिगाउँ की २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो ।

गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?