पोखरा । पोखराका अस्पतालहरुमा उपचाररत ११ जनासहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु सबैको पछिल्लो २४ घण्टामा अस्पतालहरुमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकहरु स्याङजाका ४ जना, म्याग्दी जिल्लाका ३ जना, कास्की जिल्लाका २ जना, गोरखाका २ जना, पर्वतका १ जना, तनहूँ जिल्लाका १ जना, नवलपुरका १ जना ,लमजुङका १ जना, सिन्धुलीका १ जना र भारतका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।










