काठमाण्डौ । जनता समाजवादी पार्टी (महन्थ महतो पक्ष) को कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताउनुभयो।
यसअघि हिजो बसेको उपेन्द्र यादवपक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । कार्यकारिणी समितिको बैठक अझै जारी छ ।








