जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका वडा नं. १ प्रगतिनगर घुम्ती र चन्द्रनगर घुम्तीस्थित दुई ठाउँमा लुकाइ राखेको १ सय ९२ लिटर न्यून गुणस्तरको नक्कली स्यानिटाइजर सोमबार दिउँसो बरामद गरेको जनाएको छ ।
न्यून गुणस्तरको सेनिटाइजर लुकाइ राखि विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले सोही नगरपालिका वडा नं. १ प्रगतिनगर घुम्तीस्थित पुतलीबजार नगरपालिका वडा नं. १ कालाखोला बस्ने ४७ वर्षीय देवेन्द्र पौडेलको कोठाबाट उत्सव डिटर्जेट एण्ड कस्मेटिक उद्योगबाट उत्पादित ९० लिटर तथा ग्लोबल हेल्थ केयर भारत लेखिएको ९० लिटर बरामद गरेको हो ।
त्यसैगरी पुतलीबजार नगरपालिका वडा नं. १ चन्द्रनगर घुम्तीस्थित दिलिप श्रेष्ठको रोल बराह सप्लायर्सबाट १२ लिटर गरी जम्मा १ सय ९२ लिटर स्यानिटाइजर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।








