मुक्तिनाथ अधिकारीको हत्याको छानविन नगर्ने नेतृत्वबाट शिक्षकहरुको भलो हुनेमा भट्टराईको आशंका !

  • ख-
  • ख+

(रमेश बाबु भट्टराई ,केन्द्रीय संयोजक, स्थायी शिक्षक हक हित मन्च नेपाल तथा प्रधानाध्यापक, रत्न मा. बि. ,तनहूँ )

तनहूँ । शिक्षक तथा कर्मचारीहरुको हक र अधिकारको लागि विभिन्न शिक्षकसग सम्बन्धित संघसंस्थाहरुले आवाज उठाईरहदा स्थायी शिक्षक हक हित मन्च नेपालका केन्द्रीय संयोजक तथा रत्न मा. बि., म्याग्दे गाउँपालिका वडा नं. ६, तनहूँका प्रधानाध्यापक रमेश बाबु भट्टराईले मुक्तिनाथ अधिकारीको हत्याको छानविन नगर्ने संघसंस्था र नेतृत्वबाट शिक्षक तथा कर्मचारीहरुको हित हुन्छ भनेर सोच्नु दिवास्प्न हुने बताउनुभएको छ उहाँले ६ हजार तलब बुझ्ने बाल शिक्षक र बिद्यालय कर्मचारीबाट उठाएको लेबिबाट बिदेश सयल गर्ने र तलब भत्ता लगायत प्लेन टिकट समेत खरिद गर्ने पदाधिकारीबाट म कसरी हाम्रो हितको काम हुन सक्छ भनेर प्रश्न उठाउनुभएको छ साथै उहाँले महासंघ आम शिक्षकहरुको छाता संगठन भनिएता पनि राजनितीक दलका शुभेच्छुक सस्थाबाट प्रतिनिधित्व गर्ने शिक्षकले मात्र भगबण्डाको आधारमा नेतृत्व गर्ने र स्वतन्त्र शिक्षक हुँ भन्नेले यसमा प्रतिनिधित्व गर्न नसक्ने हुनाले यो आम शिक्षकको संस्था नभएको जगजाहेर छ भन्ने गहन विचार प्रस्तुत गर्नुभएको छ ।

प्रस्तुत छ रमेश बाबु भट्टराईको भनाई
कृपया मलाई माफ गर्नुहोला नेपाल शिक्षक महासंघको आन्दोलनबाट म बिश्वस्त हुन सकिन !


नेपाल शिक्षक महासंघ आम शिक्षकहरुको छाता संगठन भनिएता पनि राजनितीक दलका शुभेच्छुक सस्थाबाट प्रतिनिधित्व गर्ने शिक्षकले मात्र भगबण्डाको आधारमा नेतृत्व गर्ने र स्वतन्त्र शिक्षक हुँ भन्नेले यसमा प्रतिनिधित्व गर्न नसक्ने हुनाले यो आम शिक्षकको संस्था नभएको जगजाहेर छ। त्यसैले यो सबै शिक्षकको हुन आमशिक्षक बाट नेतृत्व चुनिन आबस्यक छ।अहिले नेपाल शिक्षक महासंघ फेसबुक आन्दोलनमा रहेको परिवेशमा निम्न अनुत्तरित प्रश्नले गर्दा म महासंघप्रति बिश्वस्त हुन सकिन। माफ गर्नु होला !
१. शिक्षक मुक्तिनाथ अधिकारी (लमजुङ) को हत्या हुदा चुँ नबोल्ने शिक्षक संघ संगठनका नेतृत्व मध्ये अहिलेका सह अध्यक्ष रहनु भएका पुर्ण प्रसाद दबाडीको शुभेच्छुक पार्टि समेत सम्लग्न रहदा भोलि हामि संरक्षण हुने आधार खै ?
२. दुइ तिहाइको सरकार हुँदा चुँ नबोल्ने अध्यक्ष सह-अध्यक्ष लगायतले अहिले राजनीतिक तरलतामा बोल्नु को औचित्य के ?
३. १ लाख शिक्षक भौतिक आन्दोलनमा उत्रिदा आन्दोलन तुहाउनेले फेरि आन्दोलन गर्नुको बिश्वासको आधार के ?
४. राहत आन्दोलन, इ सि डि आन्दोलन, अस्थायी आन्दोलन स्थायि शिक्षक हकहित मंचको डिजिटल आन्दोलन लाइ उपेक्षा गर्नेले त्यहि डिजिटल आन्दोलन सिको गरि परिवर्तन ल्याउने आधार के ?
५. ६ हजार बुझ्ने बाल शिक्षक र बिद्यालय कर्मचारीबाट उठाएको लेबिबाट बिदेश सयल गर्ने र तलब भत्ता लगायत प्लेन टिकट समेत खरिद गर्ने बाट शिक्षक हकहितको अपेक्षा गर्ने आधार के ?
६. पदको लागि मात्र लडाइँ गर्ने अध्यक्ष र पदाधिकारीबिच आरोप प्रत्यारोप गर्ने सस्थाबाट मजबुत आन्दोलनको अपेक्षा गर्ने आधार के ?
७. २०२८ सालको ऎनलाइ पटक पटक सरकार बनाउदा पनि परिवर्तन नगर्ने शुभेच्छुक संस्थाका बफादार कार्यकर्ताबाट आस्वस्त हुने आधार के ?
८. कोभिड बिरुद्दको खोप शिक्षकका लागि भनेर घोषणा गर्दा तत्काल प्रयास नगरि बिलम्ब गर्दा अहिले कालोपट्टि फेसबुकमा हाल्दैमा बिश्वास गर्ने आधार खै ?
सधै शिक्षकको फोरमलाइ राजनितीक दाउपेचका लागि प्रयोग गर्ने शिक्षक नेताले गर्दा शिक्षण पेशामा बिर्कषण मात्र होइन समाजमा शिक्षकको इज्जत र प्रतिस्ठामा समेत आंच पुगेको छ।
महासचिब लक्ष्मी किशोरज्यु ! सोध्नुहोस तपाईंले अध्यक्ष मानेर हिड्नु भएको पुर्ण दबाडीज्युलाइ मुक्तिनाथ र सयौं मुक्तिनाथलाई किन सहिद बनाउनुभयो ? शिक्षकलाइ शिक्षक बाटै किन हत्या भयो ?
माहासंघका महोदय ! देखाबटी आन्दोलन होइन क्रान्तिकारि परिवर्तनको अपेक्षा छ आमशिक्षकको ताकि बिदेश भ्रमणका लागि होइन।
आन्दोलन चाहिएको छ पार्टीको झोले बन्न होइन पेशागत अभिबृद्दिको लागि। बाल शिक्षक, बिद्यालय शिक्षक, राहत, तत्कालीन उच्च मा. बि. शिक्षक लगायत १८ थरि शिक्षक एकै प्रकृतिको स्थायी बन्न।
आन्दोलन चाहिएको छ शिक्षाको निति निर्माण तहमा शिक्षक नै पुग्न।आन्दोलन चाहिएको छ ऎन ल्याइ २० बर्ष सम्म बढुवा नभएका शिक्षकको पिडा भुल्ने गरि ५/५ बर्षमा अनिवार्य बढुवाको लागि । शिक्षक अस्पताल र शिक्षक मर्यादाक्रमको लागि । अन्त्यमा आम शिक्षकको महासंघ हुन स्वतन्त्र चुनाबबाट आउन जरुरी छ र शिक्षक नेतृत्व त्यस्तो होस आफ्नो कार्यकाल सिद्दिएपछि शिक्षण पेशामै फर्कियोस, पार्टीको झोला बोक्न होइन । यसका लागि युबा नेतृत्व स्वतन्त्र रुपमा जानु आबश्यक छ।
जय शिक्षक !
रमेश बाबु भट्टराई
प्रधानाध्यापक, रत्न मा. बि. ,म्याग्दे गाउँपालिका, तनहूँ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?