कोरोना संक्रमणबाट ११६ जनाको मृत्यु , थप ४४८७ जनामा पुष्टि

  • ख-
  • ख+

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ८० जना निको भएका छन् । सो अवधिमा ११६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७ सय ५२ जनामा कोरोना परीक्षण भएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।
यस्तै मृतकको कुल संख्या ७ हजार १ सय ६३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५ सय ९ रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?