तनहूँ । १२ जना पोखराका अस्पतालहरुमा उपचाररतसहित गण्डकी प्रदेशका थप २१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
मृतकहरु नवलपुर जिल्लाका ५ जना, कास्की जिल्लाका ४ जना, तनहूँ जिल्लाका ३ जना, लमजुङ जिल्लाका ३ जना, मुस्ताङ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका ४ म्याग्दी जिल्लाको १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज मृत्यु हुनेहरुमा तनहूँ जिल्लाका ३ जनामा शुक्ला गण्डकी नगरपालिका वडा नं. ५ का ५८ बर्षिय पुरुषको गण्डकी मेडिकल कलेजमा, त्यस्तै शुक्ला गण्डकी नगरपालिका वडा नं. ८ की ५३ बर्षिय महिलाको मणिपाल शिक्षण अस्पतालमा र व्यास नगरपालिका वडा नं. ७ का ५० बर्षिय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको पनि प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।










