काठमाण्ठौबाट बाग्लुगंमा खाद्यान्न सहयोग गर्दै अन्जु जी क्षेत्री

  • ख-
  • ख+

( अन्जु जि क्षेत्री)

काठमाण्डौ । व्यास नगरपालिका घर भई काठमाण्डौ बसुन्धरा निवासी व्यवसायी तथा समाजसेवी अन्जु जि क्षेत्रीले बाग्लुगंमा खाद्यान्न सहयोग गर्नुभएको छ । बाग्लुगं जिल्ला बाग्लुगं नगरपालिका वडा नंं. १२ अमलचौर गायक टोलका अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गर्नुभएको हो । उहाँले गित गाएर गुजारा गर्ने १० परिवारलाई त्यहाँका स्थानिय मानिसहरु मार्फत राहत स्वरुप दाल, चामल, नुन उपलब्ध गराएर सहयोग गर्नुभएको हो ।
कोरोनाको कारण आफ्नो पेशाको काम गर्न नपाएको सुन्दा सारै नमजा लाग्यो र धेरथोर सहयोग गर्ने प्रयास गरेको हुँ उहाँले भन्नुभयो साथै आफु काठमाण्डौमा भएपनि जुनसुकै स्थानको मानिस पनि भोकै छ भन्दा मन दुखेर सहयोग गर्न तत्पर रहेको र आउदा दिनमा पनि सहयोग कार्य जारी रहने समाजसेवी अभियन्ता अन्जु जि क्षेत्रीले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्