डुब्न थाल्यो कोलम्बोनजिकै आगो लागेको पानीजहाज

  • ख-
  • ख+

श्रीलंकाको कोलम्बो बन्दरगाहनजिकै आगो लागेको एउटा पानीजहाज अब डुब्न थालेको छ।

जहाजमा भएको रसायन र तेलले उक्त क्षेत्रको सामुद्रिक पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्ने चिन्ता व्यक्त भइरहेका बेला जहाज समुद्रमै डुब्न लागेको हो।

भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा दुई साताअघि भीषण आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स(प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको थियो।

श्रीलंका नौ सैनिक गत मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको थियो।

भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो। २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा अघिल्लो शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो। त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए। तीमध्ये दुई जना घाइते भएका छन्।

आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए।

पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ।

श्रीलंका र भारतीय नौसैनिकहरूले जहाजको आगो निभाउन प्रयत्न गरे पनि नसकेको जनाइएको छ। (एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्