लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको मृत्यु

  • ख-
  • ख+

कैलाली । कन्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको ज्यान गएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

बुधबार दिउँसो बालकको घाँटीमा लिचीको दाना अड्किएपछी महाकाली अस्पताल लगिएको थियो । उपचारको क्रमम उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर थापाले बताउनुभयो। (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?