किशोरीमाथि बलात्कार प्रयास गरेको अभियोगमा ईन्जिनियर पक्राउ

  • ख-
  • ख+

नुहाउन गएका किशोरीमाथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन ।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी जवरजस्ती करणी गर्न खोजेको भन्दै पीडित किशोरीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन ।

पीडित पक्षको उजुरीका आधारमा जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले बताए ।

किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनरल वाटरको बोतल बोकेर पानी भर्ने निहुँमा धारामा गएका थिए ।

त्यसपछि उनले धारामा नुहाउँदै गरेका किशोरीलाई जवरजस्ती करण गर्न खोजेको आरोप पीडित पक्षको छ ।
ती किशोरीलाई इन्जिनियरले पहिलेदेखि नै पछ्याउँदै आएका थिए ।
विभिन्न बाहनामा बल्यकमेलिङ गर्ने गरेको समेत पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारले इन्जियनियरले बेला बेलामा किशोरीको फेसबुक आइडी समेत माग्ने गरेको थिए । (रातोपाटीबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?