तनहूँका १ जना कोराना संक्रमितको मृत्युः गण्डकीमा थपिए १५ को मृतक

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला व्यास नगरपालिका वडा नंं १३ का ५० बर्षिय पुरुषको कोरोना संक्रमणका रकारण मृत्यु भएको छ । जेठ २१ गते कोरोना पुष्टि भएका उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो । त्यसैगरि पोखराका अस्पतालहरुमा उपचाररत तनहूँका पुरुष र अन्य १० जनासहित गण्डकी प्रदेशका थप १५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७४८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार मृतकहरु कास्की जिल्लाका ७ जना, लमजुङ जिल्लाका २ जना, बाग्लुङ जिल्लाका १ जना,, म्याग्दी जिल्लाका १ जना, पर्वत जिल्लाका १ जना, गोरखा जिल्लाका १ जना, चितवन जिल्लाका १ जना र तनहूँ जिल्लाका १ जना (माथी उल्लेखित) रहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?