कोरोना महामारीबाट त्रसितलाई सेवा गर्ने सविनाका दिदी भाईको चाहना

  • ख-
  • ख+

(सविना भण्डारी र नारायण भण्डारी)

तनहूँ । कोरोना महामारीले गर्दा सरकारले लकडाउन गरेको छ । रोगी र बृद्धबृद्धा मात्र हैन निरोगी र बलिया मानिसहरुलाई पनि घर बाहिर निस्कन डर लागिरहेको छ । यस्तोमा धेरै जनालाई खाद्यान्न अभाव भईरहेको छ भने कतिलाई दैनिक खानाको लागि चाहिने दुघ, दहि तरकारी, फलफुलदेखि औषधी, मास्क, सेनिटाईजर पन्जा लगायतका स्वास्थ्य सामाग्रीहरुको अभाव भईरहेको छ । यीनै कुरालाईै मध्यनजर गर्दै व्यास नगरपालिका वडा नं. १ गल्वुवेसी बसोवास गर्ने दिदी भाई सविना भण्डारी र नारायण भण्डारीले निःशुल्क सेवा दिने घोषणा गर्नुभएको छ ।

दुग्द्य व्यवसाय गर्ने उहाँहरुले विगतको लकडाउन र यो पटकको लकडाउनमा बिशेष गरि बृद्धबृद्धाहरु न बाहिर निस्कने सक्ने न कसैले कसैलाई सहयोग गर्ने अवस्था देखेको हुनाले आफुहरुले केवल मानविय भावनाले गर्दा सावधानीपूर्वक मानिसहरुलाई सेवा गर्न खोजेको बताउनुभएको छ साथै वहाँहरुले आफुहरु एकदमै स्वास्थ्य सावधानी अपनाएर मानिसहरुलाई अत्यावश्यक सामानहरु पुर्याईदिने भएकोले सम्पर्क राख्न पनि आग्रह गर्नुभएको छ । त्यसको लागि कुनै होम डेलिभरी शुल्क नलाग्ने र वहाँहरुले अर्डर गरेकै स्थानबाट सामान घरमा पुर्याईदिने उहाँहरुले बताउनुभएको छ बिशेष गरि यो सेवा व्यास नगरपालिका वरपरको क्षेत्रमा प्रदान गर्न सकिने पनि उहाँहरुले बताउनुभएको छ ।
वहाँको सम्पर्क नं. 9806-608460/9846-723576

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्