पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

  • ख-
  • ख+

काठमाडौं । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?