नेबिल बैंकको एटिएम मेशिन फुटाउने पक्राउ

  • ख-
  • ख+

नेबिल बैंकको एटिएम मेशिन फुटाउने एक जनालाई गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले गाईघाट बजारमा रहेको सो बैंकभित्र प्रवेश गरेर एटिएममा ह्याम्मरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।

मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवक भागेर बजारतर्फ जाँदै गरेका अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिनुभयो ।

भारत घर बताउने २१ वर्षीय ती युवक बजारकै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए । अभियुक्त युवकले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को संलग्न थिए भन्नेबारे अनुसन्धान शुरु गरेको छ । (रासस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?