दाङको तुल्सीपुरमा गोली चल्यो, एक युवक पक्राउ

  • ख-
  • ख+

दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् ।

गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका वडा नं. ८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?