रोहित बिश्वकर्माको पहलमा ७० घर परिवारलाई खाद्यान्न वितरण

  • ख-
  • ख+

तनहूँ । बन्दिपुर गाउँपालिकाको वडा न ४ , ५ र पालुङटार नगरपालिकाको वडा न ६ मा गरि ७० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

बन्दिपुर १ डुम्रे निवासी पोखरा सुनचाँदी पसलका प्रोपाइटर समाजसेवी रोहित विश्वकर्माको पहलमा कोभिड १९ का कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरिखाने विपन्न वर्ग अपाङ्ग , एकल महिला, असहाय वृद्धवृद्धाहरुलाई खाद्यान्न राहत वितरण गरिएको हो ।

बन्दिपुर गाउँपालिका वडा न ४ लोहिपाखाका १०, बन्दिपुर ५ कल्चोकका १६ र पालुङटार नगरपालिका वडा ६ का ४४ घरपरिवारलाई प्रति व्यक्ति १५ केजि चामल, एक पोका नुन , एक पोका तेल ,मस्यौरा १ पोका , एक केजि दाल ,५ पिस माक्स र एउटा हात धुने साबुन वितरण गरेका हुन ।रोजगारिका सिलसिलामा क्यानडा, हङकङ, अष्ट्रेलिया र बेलायतमा रहनु भएका आफन्त र साथी भाइसङ सहयोग जुटाएर कोरोना कहरमा परेका विपन्न घरपरिवारलाई राहत वितरण गर्न पाउदा खुशी लागेको समाजसेवी रोहितले बताएका छन् । उनले राहत वितरण गर्ने क्रममा पालुङ्टार नगरपालिकावासि एक असहाय वृद्धलाई आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले नगद १ हजार पनि सहयोग स्वरुप हस्तान्तरण गरेका छन् ।

यस्तो आपत विपतको समयमा तनहूँदेखि पालुङटारसम्म पुगि राहत वितरण गरि दिएकोमा पालुङ्टारवासीले खुशी हुदै धन्यवाद दिएका थिए । यसअघि पनि वि. क. को पहलमा बन्दिपुर १ का ७२ र २ र ३ का ६० घर परिवार सहित १३२ घर परिवरलाई राहत वितरण गरिएसकिएको छ।

कार्यक्रमममा खाद्यान्न ढुवानीको लागि राजु खड्गीले जिप सहयोग गरेका थिए भने समाजसेवि बुद्धि तामाङ्ग, सूर्य कुँवर,पत्रकार शर्मिला वि. क.,मनोज कुमार श्रेष्ठ, भक्त बहादुर गुरुङ्ग, विशाल बराइली लगाएतको उपस्थिति रहेको थियो। (रेडियो छिमकेश्वरी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?