गण्डकी प्रदेश लोक सेवाले खुलायो दरखास्त:९ सय बढी स्वास्थ्यकर्मी माग

  • ख-
  • ख+

पोखरा । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ।

आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ।

सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ।

मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?