मृगौला पिडित राजु गुरुङलाई १ लाख भन्दा बढि सहयोग

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ११ का मृगौला पिडित राजु गुरुङलाई आर्थिक सहयोग प्राप्त भएको छ । विगत ४ बर्षदेखि मृगौलाको उपचार गरिरहेका राजुलाई आर्थिक अभाव भएपछि साथीभाईहरुले विभिन्न ठाउँमा गएर सहयोग माग्दै रकम संकलन गर्नुभएको थियो । सहयोग जुटाउने अभियानका अमर थापाले राजुको स्वास्थ्यलाभको कामना गर्दै १ लाख १३ हजार ३ सय १५ रुपैया राजुको घरमा पुगी हस्तान्तरण गर्नुभएको छ । रकम हस्तान्तरण गर्दै थापाले आफू सगैको साथी दुबै मृगौला बिग्रेको सुनेपछि सबै साथीहरु समेत अचम्ममा परेको र साथीको लागि केहि गर्नुपर्छ भनेर सहयोग रकम जुटाउएको बताउनुभएको थियो ।
उक्त अवसरमा ब्यास नगरपालिका वडा नं. ५ बेतेनीको सरस्वती बाल क्लबका संरक्षण नर बहादुर आलेले पनि राजुको उपचारको लागि ९ हजार ५ सय ९० रुपैया हस्तान्तरण गर्नुभएको थियो ।

गाडि चालक पेशा गरेर जिविका चलाईरहेका राजु गुरुङ विगत ४ बर्ष देखि मृगौला पिडित भएर डाईलासिस गरिरहनुभएको छ । उहाँका २ वटा छोरीहरु छन् । गएको बर्ष टाईफाइटको कारण उहाँको श्रीमतीको मृत्यु भईसकेको छ । उक्त अवसरमा राजुले आफ्नो समस्या त छदैछ , श्रीमतीको असमायिक निधन पछि छोराछोरीको भविष्यको बारेमा निकै समस्या बताउनुभएको थियो साथै उहाँले आफ्नो उपचार गर्न समस्या परिरहेको र छोराछोरीहरुलाई पढ्नपाठनमा आर्थिक समस्या भईरहेको बेला साथीभाईको सहयोगले निकै खुशी लागेको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्