(कवि श्रमितीका साथमा )

चन्द्रमणी अधिकारी । अविचल आस्था मणि,
म्याग्दे, तनहुँ, नेपाल ।

अचम्म ! म कवितामा बोक्न कोही नमान्ने अलिकति पनि कस्कै चाकरी तुच्छ ठान्ने अविचलित बनेको दृढ आस्था पुजारी भनिकन भन स्रष्टा भावनाको भिखारी ।।१।।

अविदित म छु भन्ने भावना बुझ्न बाँकी छलकपट बिनाको चाहना नव्य खाकी यस किसिम म चल्दा बन्न खोज्ने शिकारी पटक पटक भन्छन् काव्यको यो भिखारी ।।२।।

चहलपहल गर्ने काव्य पार्ने लगाम अविरल छ रचेको गर्न छाडी सलाम अनुचित सब पारा त्याज्य ठान्ने विचारी भनन भनन द्रष्ट, नव्य हो यो भिखारी ।।३।।

फगत म छु भनी ठान्ने धाक उत्साह भारी अभिनव क्षमतामा कुल्चने भात मारी सकुशल प्रतिभामा दौडने छाल मारी तिकडम छ नजान्ने आज पक्कै भिखारी ।।४।।

लुटुपुटु छ गरेको, चाट्न गोडा कसैको
झुटमुट रचना गर्छ व्याख्या रसैको
वरपर छ घुमेको मार्छ झिंगा चकारी
झटपट छ भनेको यो छ नौलो भिकारी ।।५।।

जब जब निधि गर्छन् बन्न सम्राट चेष्टा
अलिकति लफडामा नव्यता गैर वास्ता
तब तब तलुवामा पाल्तु जस्तो सकारी सुझबुझ नभएमा देख्छ नौलो भिखारी ।।६।।

हतपत तलुवामा चाट्न जिब्रो निकाल्दै
छविमय कवितामा दम्भको जाल हाल्दै
अविदित कवि ठान्ने तुच्छ भन्दै लतारी
अभिनव कवि देख्छन् दुष्ट आफै भिखारी ।।७।।

अन्तिम पटक अध्यावधिक गरिएको 57 Viewed

प्रतिक्रिया दिनुहोस्