तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा भएको भारतीय पर्यटक बस दुर्घटना १४ जना मृत फेला, ४ अझै बेपत्ता र २५ जना जिवितै उद्धार भएको छ ।

दुर्घटनास्थलमा ३९ जनाको उद्धार गरिएको छ भने ४ जना अझै बेपत्ता भएको १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।

दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए ।

उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो।