काठमाडौं । सामाजिक संजाल तथा टेलिभिजन कार्यक्रमहरुमा चर्का कुरा गरेर श्रोता तथा दर्शकको ध्यान खिच्न सफल पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ ।

हिजो राति सवा ९ बजे उनलाई काठमाण्डौको जोरपाटीमा गौतमको निवास नजिकै रड प्रहार गरिएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले बतायो ।

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ ।