तनहुँ । व्यास नगरपालिका वडा नं.१४ का कक्षा १२ मा अध्ययनरत अविनाश पन्थले गरिब तथा जेहन्दार विद्यार्थीलाई झोला वितरण गरेका छन् । कलिलै उमेरमा समाजसेवामा पाईला चालेका पन्थले आफ्नै पहलमा व्यास नगरपालिका वडा ननं.१२ को छाब्दी आधारभूत विद्यालयका गरिब, दुःखी र आर्थिक रूपमा कमजोर बालबालिकालाई २१ थान विद्यालय झोला सहयोग  गरेका छन्।

सामाजिक कार्यमा सक्रिय  रहदा आत्मसन्तुष्टि मिल्ने र आफ्नो सहयोगले  समाजमा रहेका गरिब, विपन्न, दिन दु :खी मानिसलाई जिवनयापन केही सहज हुने भएकोले आफू सानै उमेरदेखि समाजसेवामा लागेको पन्थले बताएका छन् । यसअघि पनि पन्थले विभिन्न व्यक्तिहरुलाई सहयोग  अभियान संचालन गरेका थिए ।