युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित

  • ख-
  • ख+

काठमाडौं । युवा उद्यमी एवम सामाजिक अभियन्ता पृथविन्दु महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित भएकी छिन् । राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीको माघ २५ को मन्त्रीस्तरिय निर्णयबाट उनले उक्त जिम्मेवारी प्राप्त गरेकी हुन। राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ५, उपदफा १ ङ बमोजिम उनी लगायतका युवाहरु समेतलाई उक्त जिम्मेवारी दिइएको छ ।

को हुन महर्जन ?

पाटनबासी पृथविन्दु महर्जन महिला उद्यमी एवम सामाजिक अभियन्ता हुन । हस्तकला व्यवसायमा संलग्न उनी राजनीतिक एवम सामाजिक अभियानहरुमा पनि सकृय रुपमा लाग्दै आएकी छिन् । महर्जन नेपाल चेम्बर अफ कमर्श अन्तर्गत नेपाल महिला चेम्बरको कार्यकारीणी सदस्य समेत हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्