डोटीमा यो वर्षको पहिलो पटक हिमपात भएको छ।

डोटीको बडीकेदार गाँपालिका आसपास हल्का वर्षासँगै हिमपात भएको हो।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले आइतबार बेलुकीदेखि हल्का वर्षसँगै हिमपात भएको जानकारी दिए।

१ फिटभन्दा बढि हिउँ जमेको छ। अहिले पनि हिमपात भइरहेको छ, उनले भने।

वर्षा र हिमपात भएपछि बालीनालीमा सिँचाई पाएको र अब लगाउने बेला भएको बालीनालीका लागि अनुकूल वातावरण सिर्जना भएको अध्यक्ष साउदले बताए।

जल तथा मौसम विज्ञान विभागले डोटीको पश्चिम सेती केन्द्रमा ६ घन्टाको अवधिमा १.८ र दिपायलमा १ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ।

वर्षा र हिमपातसँगै तापक्रम घट्दा भने जनजीवन केही प्रभावित भएको छ। ररासस
तस्बिरः चक्र मल्ल