डुम्रेमा जेब्रा क्रसिगं रंगरोगन, पैदलयात्रीलाई सहज हुने विश्वास

  • ख-
  • ख+

तनहूँ । गोरखा, लम्जुगं र तनहूँ जिल्लाकोे त्रिवेणी अर्थात व्यापारीक स्थल डुम्रे बजारलाई व्यवस्थित बनाउन तनहूँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाइको आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र अस्थायी ट्राफिक कार्यालय डुम्रेले सडकको जेब्रा क्रसिगं रंगरोगन गरेको छ ।
व्यस्त जार, मानिसहरुको चहल पहल हुने कारण चम्किलो ज्ब्रा क्रसिगं राखेर मानिसलाई त्यहिबाट हिड्न प्रेरित गर्नको लागि पनि डुम्रे बजार ईकाईको सहयोगमा जेब्रा क्रसिगं रंगाउने कार्य गरिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रमुख प्रकाश भुषालले बताउनुभएको छ ।
लम्जुगंको मुख्य प्रवेशद्धार र गोरखा जिल्लाको अधिकांश स्थानमा जाने गाडिहरु डुम्रे हेदै गुड्ने र मानिसहरुको चाप पनि अति नै भएकोले जेब्रा क्रसिङ रङ रोगन गरे अझै व्यवस्थित बनाउने प्रयास गरिएको जिल्ला ट्राफिक कार्यालय तनहूँ प्रमुख रेशमबहादुर रानाभाटको पनि भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्