४० हजार पुरस्कार राशिको छाब्दि बाराही रासिभन्ज्याङ्ग भलिवल प्रतियोगिताको आयोजना हुदै

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १४ को छाब्दि बाराही रासिभन्ज्याङ्ग टोल बिकास संस्थाको आयोजनामा गाँउस्तरिय पुरुष भलिबल प्रतियोगिताको आयोजना हुन लागेको छ । यहि फागुन २४ देखि फागुन २७ सम्म हुने उक्त प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार रुपैया प्रदान गरिनेछ । खेल खेलाडिको लागि , खेलाडि राष्ट्रको लागि भन्ने मुल नाराका साथ शुरु हुन लागेको उत्तm प्रतियोगितामा दोश्रो हुने टिमलाई नगद रु २० हजार प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई २५ सय रुपैया प्रदान गरिनेछ । उक्त प्रतियोगितामा विजयी हुनेलाई ट्रफि,मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ ।

बाराही रजवाम युवा क्लव (छाब्दि) र बाराही युवा क्लव व्यास १४ रासिभन्ज्याङ्ग सहआयोजक रहेको प्रतियोगितमा उल्लेख्य टिमहरु सहभागी हुने र यस प्रकारको प्रतियोगिताले आपसी भाईचारा बढाउने सहआयोजक क्लब बाराही युवा क्लबका सचिब दल बहादुर थापाको दावि रहेको छ ।
उक्त प्रतियोगिता रासिभन्ज्याङ्ग कै दुर्गा भवानी विद्यालय प्रांगढमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्