दाङ । नेकपा एमालेले घोराही उपमहानगरपालिका- ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ ।

आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए । शाह अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभावी लेख्दै आएको आरोप छ । अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने सचिव डाँगीले बताए ।

नेपाल प्रेस