सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिका ४ राँचुलीका २४ वर्षीय भोजन शाही तिला नदीमा डुबेर बेपत्ता भएका छन् ।

शनिबार माछा मार्ने क्रममा नदीमा पसेका शाही बेपत्ता भएको परिवारजनले बताएका छन् । घटनापश्चात् स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य गरे पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।

खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

 

नेपाल प्रेस