तनहूँ । कोरोना कोभिड १९ ले सारा संसारलाई त्रसित बनाएर लकडाउनले सबै मानिसलाई घरमा थुनिईरहदा विभिन्न पेशाकर्मीहरुले कोरोनासग जुध्दै सर्वसाधारणको लागि काम गरिहनुभएको थियो । ति मध्ये एक हुनुहन्छ स्वास्थ्यकर्मीहरु । कोरोना माहामारीको समयमा अग्रभागमा खटेर ड्युटि गर्नेहरुलाई सरकार र सर्वसाधारणले सम्मानको नजरले हेर्ने र उच्च मनोवलले काम गरुन् भन्ने चाहि रहेका छन् ।
त्यसैक्रममा स्वास्थ्य कार्यालय तनहूँ अन्र्तगतको दमौली खोप केन्द्रमा कार्यरत व्यास नगपालिकाको पोखरी भन्ज्यागं स्वास्थ्य चौकीकी अनमी रक्षा काफ्लेको मनोवल उच्च होस् भनेर सहकर्मीहरुले वहाँको जन्मदिन मनाउनुभएको छ ।
“वहाँले आफ्नो जन्मदिन भुलेर कोरोना विरुद्धको खोप लगाउने काममा खटिरहनुभएको रहेछ , काम सकिएपछि ६ बजेतिर केक ल्याएर वहाँको जन्मदिन मनाएका छौ, कोरोना महामारीको बेला काम गर्दाको पिडा बिर्सेर खुशी हुनुभएको छ । ” उक्त अवसरमा सहभागी कोल्ड चेन असिष्टेन्ट बिरेन्द्रकुमार चौधरीले बताउनुभएको छ ।
उक्त अवसरमा व्यास नगरपालिकाका स्वास्थ्य कार्यालय तनहूँका कोल्ड चेन असिष्टेन्ट बिरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोति, व्यास नगरपालिकाका स्वास्थ्य शाखाकी कर्मचारी लक्ष्मी गुरुगं लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 174 Viewed

प्रतिक्रिया दिनुहोस्