२९ सय ७२ पुग्यो तनहूँ कोरोना विरुद्धको खोप लगाउनेको संख्याः १० गतेसम्म खोप केन्द्र संचालन हुने

  • ख-
  • ख+

तनहूँ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार अग्रभागमा रहेर काम गर्ने लक्षित वर्ग स्वास्थ्कर्मी, जनप्रतिनिधि, स्थानिय निकायका कर्मचारी, अदालत, विद्युत प्राधिकरण, जनपद प्रहरी, सशस्त्र प्रहरी, पत्रकारहरुलाई कोरोना कोभिड १९ विरुद्धको खोप कोभिसिल्ड लगाउने कार्यक्रम देशैभर संचालन भईरहेको छ । तनहूँ जिल्लामा पनि विभिन्न खोप केन्द्रहरुबाट ककोभिड १९ विरुद्धको खोप कोभिसिल्ड लगाउने कार्य भईरहेको छ । फागुन २ गतेबाट संचालन गरिएको खोप अभियान अन्र्तगत शनिवार ९७ जनाले खोप लगाएको र हालसम्म तनहूँ जिल्लामा २९ सय ७२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय तनहूँले जनाएको छ ।


” खोप लगाउने मानिसहरु आईरहनुभएको छ र सरकारको निर्देशन अनुसार १० गतेसम्म खोप केन्द्रहरु संचालन रहने छन् साथै खोप लगाउने मानिसलाई अप्ठ्यारो पर्ने कुनै लक्षण नदेएिकोले पनि स्वास्थ्यकर्मीहरु ढुक्क छौ ” स्वास्थ्य कार्यालय तनहूँका खोप सम्बन्धि अधिकारी बिरेन्द्र कुमार चौधरीले बताउनुभएको छ । वहाँका अनुसार तनहूँ जिल्लामा ३२ सय खोपको डोज आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्