नेकपा ओली समुह आदिवासी जनजाति महासघं,नेपाल तनहूँको नयाँ कार्य समिति चयन

  • ख-
  • ख+

तनहूँ । नेकपा ओली समुहको आदिवासी जनजाति महासघं,नेपाल तनहूँमा खिम कुमालको अध्यक्ष्यतामा नयाँ कार्य समिति चयन भएको छ । आदिवासी जनजाति महासघं,नेपाल तनहूँको आईतवारब बसेको भेलाले उक्त समिति चयन भएको हो । उक्त समितिको उपाध्यक्षहरुमा रग बहादुर गुरुङ, कुल बहादुर भुजेल, अमर थापा सचिवमा शेर बहादुर वोटे सहसचिवमा बुद्धिमान खड्की कोषाध्यक्षमा रेवती श्रेष्ठ लगायत ५१ सदस्यीय जिल्ला कमिटि गठन भएको छ ।
नेकपा तनहूँका अध्यक्ष तथा निवर्तमान सांसद केदार सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्टिय सभाकी सांसद भववति न्यौपाने, नेकपा तनहूँका नेताहरु राजेश्वर ढकाल, पदिप अधिकारी, माधब बहादुर पन्त लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद् सदस्य एवं आदिवासी जनजाती महासंंघ जिल्ला समन्वय परिषद् तनहूँकी अध्यक्ष एवंआदिवासी जनजाति महासघंकी केन्द्रिय सदस्य बसुन्धरा घर्तिले संचालन गर्नुभएको थियो ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्