एम्बुलेन्स खरिद अभियानका लागि भारतबाट २१ हजार १ सय २० रुपैयाँ सहयोग

  • ख-
  • ख+

तनहूँ । व्यास नगरापलिका वडा नंं ९ गजौडे क्षेत्रमा जन्मेर स्वदेश विदेशमा रहनुहुने उक्त क्षेत्रका बासिन्दाले संचालन गरेको एम्बुलेन्स खरिद अभियानका लागि दान रकम आउने क्रम तिब्र भएको छ । उक्त क्षेत्रमा केहि समय अगाडि स्थापना गरिएको ‘राजापानी कलेस्ती दिगो समाज’ ले एम्बुलेन्स खरिदका सक्रियता देखाएर अभियान संचालन गरेको हो । उक्त अभियानलाई थुप्रै महानुभावहरुको सहयोग आईरहेको र हालै भानु नगरपालिका वडा नंं १३ चन्द्रावतिका बासिन्दा र हाल भारतको कलकत्तामा बसोवास गर्ने केशव अधिकारी, माया गोदार अधिकारी र वहाँका छोरा कृष्ण अधिकारीले आफ्ना स्वर्गिय बुबा आमा राम बहादुर क्षेत्री र काशीमाया अधिकारी क्षेत्रीको सम्झनामा २१ हजार १ सय २० रुपैयाँ सहयोग गर्नुभएको छ ।

एम्बुलेन्स खरिद अभियान सञ्चालनका लागि भक्तबहादुर गोदार क्षेत्रीको अध्यक्षतामा बृहत् भेला समेत गरिएको थियो, उक्त भेलाले स्वदेश तथा विदेशमा रहनु हुने सबै नेपालीलाई यो अभियानमा योगदान दिन आग्रह गरेको थियो ।

व्यास नगरपालिकाको उत्तरी भेग गजौंडे, माझफाँट, सिस्नेरी, विर्ता, डोटेलफाँट, लगायतका ठाँउमा एम्बुलेन्स सेवाको आवस्यकता महशुस गरि समाजले एम्बुलेन्स खरिदको लागि अभियान शुरुआत गरेको र यस क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको खण्डमा व्यास नगरपालिकाको वडा नं. ७, ८ ,९ र भानु नगरपालिकाको वडा नं. १३ वासिन्दा लाभान्वित हुने उक्त समाजका कोषाध्यक्ष एवं संचारकर्मी रोशन रेग्मीले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्