महिला सशक्तिकरण संचार समाजद्धारा शिक्षक वक्तृत्कला प्रतियोगिताको आयोजना

  • ख-
  • ख+

तनहूँ । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा तनहूँको दमौलीमा आयोजित कार्यक्रम लैङ्गकि समानता लागि महिला आवाज शीर्षकमा आयोजित नगरस्तरीय महिला शिक्षक वक्तृत्कला प्रतियोगिताको आयोजना गरियो । महिला सशक्तिकरण संचार समाज तनहूँको आयोजनामा भएको उक्त प्रतियोगिताको शिर्षक लैङ्गकि समानता लागि महिला आवाज भन्ने रहेको थियो ।

व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कल्पना न्यौपाने प्रथम, सुनिता तिवारी द्धितिय र रुपा घिमिरे तृतिय हुनुभएको थियो । प्रतियोगिताका विजयीहरुलाई प्रथम पुरस्कार रु. ५ हजार, द्धितिय ४ हजार र तृतिय ३ हजार पुरस्कार प्रदान गरिएको थियो ।
समाजकी अध्यक्ष प्रकृति खनाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराल, व्यास नगरपालिकाका प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपि अरुण पौडेल, उप सचिव नगेन्द्रप्रसाद रेग्मी, जिल्ला समन्वय समिति तनहूँका प्रवक्ता गल गुरुगं, पत्रकार महासंघ तनहूँका अध्यक्ष ओमकार आचार्य लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम समाजकी सचिव अन्जु दाहालले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्