तनहूँ । दोस्रो चरणको खोप अभियान अन्तर्गत तनहूँ जिल्लाका १० वटा स्थानीय तहका ६५ वर्ष उमेर समूहका करिब १५ हजारभन्दा धेरै जेष्ठ नागरिकहरुलाई खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय तनहूँले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहूँले गरेको पत्रकारहरुको अभिमुखिकरण कार्यक्रममा उक्त कुरा बताईएको हो । उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरबाबु अधिकारीले कोरोना भाईरस कोभीड १९ विरुद्धको खोप अभियान अन्तर्गतका तनहूँ जिल्लामा भएका गतिविधिबारे जानकारी दिनुभएको थियो । उक्त अवसरमा वहाँले तनहूँ जिल्लामा फागुन २३ गतेदेखि चैत २ गतेसम्म दोश्रो चरणमा खोप लगाउने अभियान संचालन गरिने बताउनुभयो । वहाँका अनुसार व्यास नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकामा फागुन २३ देखि २७ गतेसम्म भिमाद नगरपालिका , शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिकामा फागुन २८ देखि चैत २ गतेसम्म खोप लगाइने छ । त्यसको लागि जिल्ला स्वास्थ्य कार्यालय तनहूँले २ सय २५ जना स्वास्थ्यकर्मीहरुलाई खोप अभियानका लागि विशेष तालिम समेत प्रदान गरिसकेको पनि उक्त अवसरमा जानकारी दिईएको थियो ।
५५ वर्ष माथिका उमेर समूहका नागरिक, शिक्षक र सवारीचालक तथा सहचालकहरुलाईलगाईने जिल्ला स्वास्थ्य कार्यालय तनहूँका तनहूँका खोप सम्बन्धि अधिकारी बिरेन्द्र कुमार चौधरीले जानकारी दिनुभएको थियो । चौधरीका अनुसार तनहूँ जिल्लाका ८५ वटा वडाका ९४ ओटा स्वास्थ्य कार्यालयबाट लगाइने कोभीशिल्ड खोप लगाईनेछ ।

अन्तिम पटक अध्यावधिक गरिएको 130 Viewed

प्रतिक्रिया दिनुहोस्