• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • रंगीनसंसार
  • खेलकुद
  • फिचर
    फोटो फिचर
  • अन्तराष्ट्रिय
  • अन्य
    रोजगारीकुराकानीप्रवासखरिद/विक्रीविज्ञान प्रविधिअचम्मको संसार
  • ताजा
  • चर्चित
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • रंगीनसंसार
  • खेलकुद
  • फिचर
    फोटो फिचर
  • अन्तराष्ट्रिय
  • अन्य
    रोजगारीकुराकानीप्रवासखरिद/विक्रीविज्ञान प्रविधिअचम्मको संसार
  • ताजा
ताजा
तनहुँ काठमाडौं पश्चिम भेगीय समाजको प्रथम साधारणसभा सम्पन्न
10 hours अगाडि
घारी तालवेसी खानेपानी उपभोक्ता समितिको ४४औँ वार्षिक साधारणसभा असोज १८ गते
3 days अगाडि
आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’
5 days अगाडि
जुना र सुदिपको अभिनयमा परदेशीको पीडा र श्रीमतीको प्रतीक्षाको कथा बोकेको ‘भन परदेशी’ दशैं गीत सार्वजनिक
1 week अगाडि
कांग्रेस महाधिवेशन प्रतिनिधिमा तनहुँ -१ बाट गोविन्दकुमार श्रेष्ठ (शिव) को उम्मेदवारी
1 week अगाडि
उर्जा, जलश्रोत तथा सुरुङ विज्ञ ई. श्रीराम न्यौपानेको भोटेकोसी बाढि बारे प्रारम्भिक प्राविधिक विश्लेषण
1 week अगाडि
तनहुँ–१ प्रदेश ‘क’ सभापतिमा ईश्वर पौडेलको उम्मेदवारी घोषणा
1 week अगाडि
३ दशकदेखि राजनीतिमा सक्रिय तनहुँका उत्तम मिश्रको महाधिवेशन प्रतिनिधिमा दाबी
1 week अगाडि
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा युवा नेता कमल मिश्रको बाग्मती प्रदेश प्रतिनिधिमा उम्मेदवारी
1 week अगाडि
चर्चित
आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’
5 days अगाडि
तनहुँ काठमाडौं पश्चिम भेगीय समाजको प्रथम साधारणसभा सम्पन्न
10 hours अगाडि
घारी तालवेसी खानेपानी उपभोक्ता समितिको ४४औँ वार्षिक साधारणसभा असोज १८ गते
3 days अगाडि

ईन्जिनियर श्रीराम न्यौपानेको समन्वयमा तनहुँ २ का ६ वटा विद्यालयमा स्मार्ट बोर्ड, शैक्षिक सहकार्य शुभारम्भ शिक्षकलाई तालिम

सर्वज्योति
  • ख-
  • ख
  • ख+
तनहुँ — प्रविधिमैत्री शिक्षाको अवधारणा साकार पार्दै तनहुँ जिल्लामा “स्मार्ट बोर्ड (Smart Board) शैक्षिक सहकार्य कार्यक्रम” सुरु गरिएको छ। इन्जिनियर श्रीराम न्यौपानेको Vision to Action अभियान अन्तर्गत सुरु गरिएको उक्त कार्यक्रमले राजधानी काठमाडौंका विद्यालयहरूमा भइरहेको “कक्षाकोठाको पढाइ” अब तनहुँका विद्यार्थीका लागि पनि उपलब्ध गराउनेछ। कार्यक्रम अन्तर्गत L.R.I. School (कलंकी), वृहस्पति शिक्षा सदन (नक्साल) र NIST School (लैनचौर) मा सञ्चालन भइरहेको पढाइ तनहुँका विद्यालयहरूमा Live, Online र Offline माध्यममार्फत हेर्न र सिक्न सकिने व्यवस्था मिलाइएको हो।
थर्पुमा तालिम र शुभारम्भ
स्मार्ट बोर्ड कार्यक्रमका लागि सहभागी विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, कम्प्युटर शिक्षक र सोंचकर्ताहरू मीन माध्यमिक विद्यालय, थर्पुमा भेला भएर स्मार्ट बोर्ड सञ्चालनसम्बन्धी तालिम लिएका छन्। त्यस अवसरमा सबै विद्यालयका कक्षा १० का कोठामा स्मार्ट बोर्ड जडान गर्ने कार्यको औपचारिक शुभारम्भ पनि गरिएको छ।
गुणस्तरीय शिक्षामा समान पहुँच
कार्यक्रमको उद्देश्य राजधानीमा विकसित गुणस्तरीय शिक्षण विधिलाई ग्रामीण क्षेत्रमा पनि समान रूपमा पुर्‍याउनु र ग्रामीण–शहरी शिक्षाबीचको दूरी घटाउनु रहेको छ। कार्यक्रमले विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनलाई शैक्षिक, सामाजिक र प्राविधिक पक्षमा लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। शैक्षिक लाभका रूपमा राजधानीका दक्ष शिक्षकबाट प्रत्यक्ष पढ्ने अवसर मिल्नेछ। सामाजिक रूपमा, ग्रामीण र शहरी विद्यालयबीचको अवसर–अन्तर घट्ने र सहकार्य संस्कृतिको विकास हुने विश्वास लिइएको छ। प्राविधिक पक्षमा, स्मार्ट बोर्ड तथा डिजिटल शिक्षण प्रणालीको प्रयोगमा दक्षता र इन्टरनेटमार्फत शिक्षण–सिकाइमा नयाँ आयाम सुरु हुने अपेक्षा गरिएको छ।
प्रत्येक विद्यालयलाई ६५ इन्चको स्मार्ट बोर्ड
कार्यक्रम अन्तर्गत तनहुँका सहभागी विद्यालयका कक्षा १० का लागि एक–एक थान ६५ इन्चको Smart Board इन्जिनियर न्यौपानेको पहलमा निःशुल्क उपलब्ध गराइनेछ। विद्यालयहरूले विजुली, इन्टरनेट, भौतिक संरचना र मर्मत–सम्भारको व्यवस्था गर्नेछन् भने, तालिम, जडान र पाँच विषय — नेपाली, सामाजिक शिक्षा, अंग्रेजी, गणित र विज्ञान — का लागि एक वर्षका निःशुल्क अनलाइन सामग्री न्यौपानेमार्फत उपलब्ध गराइनेछ।
सहभागी विद्यालयहरू
१. श्री शिव सरस्वती मा.वि., रिसिङ–८ २. श्री सरस्वती मा.वि., घिरिङ–५ ३. श्री मीन मा.वि., थर्पु, म्याग्दे–४ ४. श्री पञ्चमुनिदेव मा.वि., दुलेगौंडा, शुक्लागण्डकी–४ ५. श्री जनजुक्त शाही मा.वि., साँगे, व्यास–५ ६. श्री सिद्धार्थ मा.वि., किहुँ, भिमाद–१
 “प्रेरणाको स्रोत बन्ने लक्ष्य” — इन्जिनियर न्यौपाने
कार्यक्रमका सहजकर्ता इन्जिनियर श्रीराम न्यौपानेले भने, “तनहुँबाट सुरु गरिएको यो सानो प्रयासले प्रविधिमैत्री शिक्षाको नयाँ अध्याय सुरू गर्नेछ। यो अभियान तनहुँ मात्र होइन, सिङ्गो नेपालका लागि प्रेरणाको स्रोत बनोस् भन्ने मेरो लक्ष्य हो।” उनका अनुसार, यो कार्यक्रमले ग्रामीण भेगका विद्यार्थीलाई राजधानीका दक्ष शिक्षकसँग प्रत्यक्ष अध्ययन गर्ने अवसर दिलाउँदै, नेपालमा शिक्षाको रूपान्तरणको बाटो खोल्नेछ।

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते शुक्रवार
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajyoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
व्यास नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न
गायक यम बराललाई मल्टिपल माइलोमा, २ साइकल केमो चढाइयो
२३ वर्षीया युवतीले कन्ट्याक्ट किलरलाई ७ लाख दिइन्, सम्पत्तिका लागि आफ्नै विधवा आमाको हत्या गराइन्
खाना नदिएको भन्दै नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीका सुकुमवासीहरू विरोधमा
एसईई पुरक परीक्षाको नतिजा प्रकाशित
‘डीभी’ र ‘पीआर’ लिएका कर्मचारी ‘बर्खास्त’ गर्ने प्रक्रिया सुरु, अनुसन्धानको घेरामा को को
भर्खर प्रकाशित
तनहुँ काठमाडौं पश्चिम भेगीय समाजको प्रथम साधारणसभा सम्पन्न
घारी तालवेसी खानेपानी उपभोक्ता समितिको ४४औँ वार्षिक साधारणसभा असोज १८ गते
आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’
जुना र सुदिपको अभिनयमा परदेशीको पीडा र श्रीमतीको प्रतीक्षाको कथा बोकेको ‘भन परदेशी’ दशैं गीत सार्वजनिक
कांग्रेस महाधिवेशन प्रतिनिधिमा तनहुँ -१ बाट गोविन्दकुमार श्रेष्ठ (शिव) को उम्मेदवारी



कम्पनी दर्ता नं : २५३०६२/०७७/०७८

सूचना विभाग दर्ता नं : ४१८५-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं. : ४१८२-२०८०/८१

हाम्रो बारेमा

'“निष्पक्ष र सकारात्मक समाचार हामी सबैको चाहना ” भन्ने मुल सिद्धान्तलाई मध्यनजर गर्दै हामी सबै राजनितिक दल, स्वतन्त्र व्यक्ति, जातजाति,भाषा, धर्म , कला, संस्कृतिका समाचारहरु निष्पक्ष र स्वतन्त्ररुपमा प्रवाह गर्नेछौ । हामी सत्य तथ्यमा अाधारित जुनसुकै विचारधाराका समाचार र विचारहरु सगर्व प्रकाशन, प्रशारण गर्नेछौ ।

हाम्रो टिम

प्रकाशक : माधब पौडेल

निर्देशक : सुमित्रा पोखरेल

संवादाता : रमेश पौडेल

संवादाता : आरजु पौडेल

बजार ब्यवस्थापक : मन्जु खनाल

सम्पर्क

दमौली मिडिया प्रा. लि.

व्यास नगरपालिका - १०, सेवर, तनहूँ,
गण्डकी प्रदेश, नेपाल
sarbajyoti.news@gmail.com
९८४१- ६४९६८०

शाखा कार्यालय: पर्स्याङ्ग- पोखरा
शाखा कार्यालय: कीर्तिपुर, काठमाडौं

© 2026 सर्वज्योति डट कम सर्वाधिकार सुरक्षित
Privacy Policy
Terms & Conditions
Advertise policy
Privacy policy
Website By : EgsoftTech