काठमाडौं । लामो समयदेखि यातायात मजदुरका रुपमा कार्यरत घादिङ्गका रविन राई भदौ १० गते गएको बाढि पहिरोमा बेपत्ता भएका छन् । साना गाडी, यात्रुवाहक बस , टिप्पर, टुरिष्ट बस चालक हुदै कन्टेनर चालक भएका राई सामान लिनको लागि चिनको भन्सारतिर जादा बाढीमा परेर बेपत्ता भएको परिवारले जनाएको छ । भदौ ८ गते साथीहरुसग आफु दशैका लागि सामान लिन कन्टेनर लिएर भन्सार आईपुगेको बताएका राई भदौ १० को बाढीपश्चात सम्पर्क विहिन भएका छन् । अघिल्लो बर्ष बुबा गुमाएका राईका श्रीमती र छोराछोरी छन् । परिवार धान्ने व्यक्ति नै बाढीपहिरोमा वेपत्ता भएपछि सन्तानको चिन्ताले पिरोलिएको राईकी श्रीमती रविना श्रेष्ठको भनाई रहेको छ ।