ओइ पापिनी सुन बोलको गित बजारमा राम्रो चर्चा कमाउदै

  • ख-
  • ख+

आरजु पौडेल । तनहूँ । तनहूँ घर भई हाल चितवनमा बसोवास गरिरहनुभएका गायक कृष्ण अधिकारीले बजारमा ल्याएको ” ओइ पापिनी सुन ” बोलको गीतले गीत संगीतक्षेत्रमा राम्रै चर्चा पाएको छ । ” केहि दिन अगाडी म्युजिक भिडियो रिलिज भएको गीतले राम्रो चर्चा पाउदा र अग्रज कलाकारहरुले राम्रो शब्द, स्वर र संगीत छ भन्दा भन्दा खुशी लागेको ” गायक अधिकारीको भनाई छ । यसअघि पनि ” जाँउ है घुम्न तनहूँ ,आँउ है घुम्न तनहूँ ” लगायतका दर्जनौ गीत गाईसक्नुभएका अधिकारी ‘‘ यस गीतबाट आफ्नो प्रतिभाको प्रचार प्रसार हुने ” आशा व्यक्त गर्नुभएको छ । साथै वहाँ ” नयाँ कलाकारलाई माया मानेर गीत सुनेर, म्युजिक भिडियो हेरेर कमेन्ट गर्ने श्रोता तथा दर्शकहरुलाई धन्यवाद ” पनि दिनुभएको छ

युवा युवतीले आफुलाई प्रेममा धोका दिनेलाई पापी र पापिनी सम्बोधन गरेकोे गीत गायक कृष्ण अधिकारी सँगै विष्णु परियार र कबिता लामाको स्वर रहेको छ । भरत भट्टको शब्द रहेको गितलाई केबि भण्डारीले संगीत संयोजन गर्नुभएको हो ।
अंजित बोहोराले निर्देशन गरेको म्युजिक भिडियोमा किशोर नेपाली ,वर्षा प्रजा र राजेस राईले अभिनय गर्नुभएको छ । उक्त भिडियोको छाँयाकार तथा सम्पादक सतिस राई हुनुहुन्छ ।

(सम्वाददाताः आरजु पौडेल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्