१६ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

सर्वज्योति
  • ख-
  • ख+

१० वैशाख । काठमाडौं । आफूखुसी गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी विभिन्न पदमा कार्यरत प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको हो । प्रहरीहरुले आफूहरु गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन र अन्यथा सेवाबाट हटाएर कारवाही गरिने सूचनामा उल्लेख छ ।प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा प्राविधिक प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्