दाङमा विद्यार्थी बोकेको बस दुर्घटनाः १ को मृत्यु, २० घाइते

  • ख-
  • ख+

दाङ । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना भएको हो। प्लस टू का विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका १५ की १८ वर्षिया सम्झना केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई बसले च्यापेको थियो। उद्धार गरेर उपचारका लागि सिटी अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले उनको मृत्यु भएको बताएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

दुर्घटनामा तीन गम्भीरसहित २० जनाभन्दा बढी विद्यार्थी घाइते रहेको प्रहरीले जनाएको छ। केही घाइतेलाई थप उपचारका लागि बाँके पठाइएको प्रहरीले जनाएको छ।
तीव्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ। दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन। चालक सम्पर्कमा नरहेको प्रहरीले बताएको छ। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्