तनहूँ । कोरोना महामारीको कारण केहि महिना पर सरेको तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईको साधारण सभा महाधिवेशन हुन लागेको छ । यहि आँउदो चैत्र २१ गतेका दिन उक्त कार्यक्रम गर्न लागिएको छ ।
उक्त अधिवेशनबाट पदाधिकारीहरु सहित १३ जनाको कार्य समिति चयन गरिदैछ । उक्त अवसरमा तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईको नवनिर्मित भवनका उद्घाटन गरिने र भवन निर्माण मा सहयोग गर्नु हुने सहयोगी दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको नजार इकाईका सचिव राम जोशीले बताउनुभएको छ ।
चैत्र २१ गतेका दिन वजार ईकाईको नवनिर्मित भवनमा ११ बजेबाट शुरु हुने कार्यक्रमको प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ रहनुहुनेछ ।