जितालीहरुको भेटघाट कार्यक्रम दमौलीमा सम्पन्न

  • ख-
  • ख+

तनहूँ । लम्जुगं जिल्लाको हाल मध्यनेपाल नगरपालिका अन्र्तगत पर्ने जिता देउरालीका उत्पत्ति भई नेपालका विभिन्न स्थानमा छरिएर बसेका जितालीहरुको शनिवार व्यास नगरपालिका वडा नं. १० सेवरमा भेटघाट कार्यक्रमको आयोजना गरियो । लम्जुगं जिल्ला हाल मध्यनेपाल नगरपालिकामा रहेको जिता देउरालीका बासिन्दा र देउराली गाउँलाई ुहयोग र प्रचार प्रसार गर्ने हेतुले अयोजना गरिएको उक्त कार्यक्रम जितालीहरुको साझा संस्था ”हाम्रो देउराली कल्याण कोष ‘‘ ले आयोजना गरेको थियो । कार्यक्रममा ९० बर्षिय जिताली चेली व्यास १० की पिमीश्री मिश्र र व्यास १० सेवरमा रहेको सर्वज्योति माध्यामिक बिद्यालयका जग्गादाता एवं जिताली स्वर्गिय ईश्वरी प्रसाद पौडेलकी श्रीमती सूर्यमाया पौडेललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । उक्त अवसरमा कोषका अध्यक्ष सूर्यकान्त पौडेल, कोषाध्यक्ष प्रेमनाथ पौडेल, सचिव कृष्णविलास पौडेल लगायत जिता देउरालीबाट आई व्यास नगरक्षेत्रमा बसोवास गर्ने विभिन्न जात जातिहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा कोषका अध्यक्ष पौडेलले जितालीहरुलाई जुनसु्कै बेला पनि साथ सहयोग गर्न कोष खडा गरिएकोले सम्पर्कममा रहिरहन र कोषमा आवद्ध हुन सबैलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा कोषध्यक्ष पौडेलले कोषमा केहि रकम संकलन गर्दै जितालीहरुलाई आईपर्ने दुःख कष्टमा सहयोग गर्ने कोषको लक्ष्य रहेको बताउनुभएको थियो ।
कार्यक्रममा सचिव पौडेलले कोष जिताली सबैको साझा संस्था भएको र जिताली सबैको वंशावली यस पुस्तकमा समेट्न नसकिएकोले आगामी दिनमा समेटिने बताउनुभएको थियो ।

यसरी बर्षौपछि ुबै जितालीहरुलाई भेटेरजितालीहरुको कार्यक्रममा सहभागी हुन पाउँउदा सहभागीहरु खुशी हुनभएको थियो । उक्त कार्यक्रममा जितालीहरुको वंशावली समेटिएको र जिता सम्बन्धि लेख रचना भएको पुस्तक हाम्रो देउराली पनि वितरण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्