राष्ट्रिय यूवासंघ तनहूँले तोक्यो पालिकामा संयोजक र सह संयोजक

  • ख-
  • ख+

व्यासमा कृष्णकुमार र अजित चयन, बन्दिपुरमा कैलाशलाई जिम्मा

तनहूँ । राष्ट्रिय यूवासंघ तनहूँको भेलाबाट जिल्लाको सबै पालिकाहरुमा युवा संघको संयोजक तथा सह संयोजकहरु तोकेको छ । व्यास नगरपालिकाको संयोजकमा कृष्ण कुमार श्रेष्ठ
सह संयोजकमा अजीत पन्त चयन हुनुभएको छ भने शुक्ला गण्डकी नगरपालिकाको संयोजकमा सुरेन्द्र तामाङ्ग र सह संयोजकमा रामचन्द्र के. सी. चयन हुनुभएको छ । त्यसैगरि भानु नगरपालिकाको संयोजकमा विर बहादुर लामा चयन हुनुभएको छ । भिमाद नगरपालिकाको संयोजकमा माधव थापा र सह संयोजकमा शिवा बहादुर आले चयन हुनुभएको छ । बन्दिपुर गाउँपालीकाको संयोजकमा कैलाश श्रेष्ठ र अमिर गुरुगं सह संयोजक चुनिनुभएको छ । ऋषिङ गाऊँपालीकाको संयोजकमा आशीष गिरी र सह संयोजकमा रोशन गुरूङ्ग चयन हुँदा म्याग्दे गाउँपालीकाको संयोजक सन्तोष रानामगर चयन हुँदा बसन्त थापामगर सह संयोजक चुनिनुभएको छ । जिल्लाको पुर्वी गाउँपालिका आँवु खैरेनी गाउँपालीकाको संयोजकमा बासुदेव पुडासैनी र सह संयोजकमा किरण आले चयन हुनुभएको छ त्यसैगरि तनहूँ जिल्लाको दक्षिणी भेगको गाउँपालिका देवघाटको संयोजकमा शुकु गुरूङ्ग चयन हुनुभएको छ । घिरिङ्ग गाउँपालीकामा गोपाल बि.क. अध्यक्ष र झपेन्द्र गुरूङ्ग उपाध्यक्ष र संसार रानाभाट सचिवको जिम्मेवारी प्रदान गरिएको युवा संघ तनहूँका संयोजक उज्वल खनालले बताउनुभएको छ । वहाँका अनुसार जिल्लाको सह संयोजकको जिम्मेवारी युवा नेता सुरेन्द्र अधिकारी दिईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्