पत्रकार महासंघ तनहूँ , तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार ईकाई पछि पार्टी हारको ह्याट्रिक हुने डरले तनहूँ कांग्रेसका नेताहरुलाई चक्कर लागिरहेको छ ।
व्यापारी व्यावसायीहरुको साझा संस्था उद्योग बाणिज्य महासंघको चुनाव सकिएर अन्य धेरै जिल्लामा चुनावी नतिजा आईसक्दा पनि तनहूँमा उद्योग बाणिज्य संघको चुनाव भएको थिएन । आन्तरिक खिचातानी र एकपक्षले अर्को पक्षलाई देखि नसहने प्रवृतिले गर्दा चुनाव गर्न कसैकसैलाई खासै रहर लागेको थिएन तर कानुनी जटिलताले गर्दा चैत्र मसान्तभित्र चुनावको घोषणा गरिसक्नुपर्ने भयो र चुनावको मिति घोषणा गरियो त्यसपछि नेतृत्व हत्याउन हानाथाप चलिरहेको छ । बिशेष गरि तनहूँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, अध्यक्ष पदमा पूर्व प्रत्यासीहरु सुर्यनाथ खनाल र पविन्द्र कुमार श्रेष्ठ आफुलाई अध्यक्ष पदको उमेदवारको प्रस्तुत गरिरहनुभएको छ ।

जिल्लाका अधिकांश संघसंस्थाहरुमा आफ्नो पकड जमाएको नेपाली कांग्रेस जतातातै पकड जमाएर आफुलाई बलियो बनाउन चाहेको छ तर पत्रकार महासंघको चुनावमा कांग्रेस ईतर समुहका उज्जवल पौडेल विजयी हुनु, तनहूँ उद्योग बाणिज्य संघको मिनी चुनाव मानिएको तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार ईकाईको चुनावमा पार्टीबाट आधिकारिक उमेदवार तोकेको व्यक्तिभन्दा बाहिरको व्यक्ति भुपाल आले विजयी हुनुले तनहूँ कांग्रेसीहरुलाई मात्र हैन तनहूँका केन्द्रिय नेताहरुमा छटपटि बढेको छ र त आईतवार बिहानैदेखि नेपाली कांग्रेसको जिल्ला कार्यालय भवनमा सभापति बैकुण्ठ न्यौपानेको कार्यकक्षमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, संविधानसभाका सदस्य धुर्व वाग्ले, नेपाली कांग्रेस तनहूँका सभापति बैकुण्ठ न्यौपाने, जिल्ला सचिव विश्व बास्तोला लगायतका नेता तथा अध्यक्ष पदका आकांक्षीहरु बसेर एकजनामा सहमति जुटाउन छलफल गर्दा पनि सहमति जुटाउन सक्नुभएको छैन । उक्त छलफलमा उपस्थित धेरैैजनाले १ जना व्यक्तिको नाममा सहमत हुन दवाव दिएकोले अध्यक्ष पदका आकांक्षी २ जना सहमत नभएको विश्वस्त श्रोतले बताएको छ । १ जना व्यक्तिलाई पहिलाको निर्वाचनमा पराजित भएको कारण देखाएर पार्टीले आधिकारिक उमेदवार भएको घोषणा गर्न खोज्दा ” त्योभन्दा पहिलाको निर्वाचनमा आफ्नै पार्टीकाले धोका दिएर पराजित घाईते आफुलाई अन्याय हुने” १ अध्यक्ष पदका आकांक्षीको भनाई रहेको थियो । अध्यक्ष पदका आकांक्षी प्रथम उपाध्यक्ष मिश्रले “आफु तल्लो तहदेखि यसस्थानसम्म आईपुगेको र अब कहाँ जाने पार्टीका नेताहरुले बाटो देखाईदिनुपर्ने ” बताएको पनि विश्वस्त श्रोतले बताएको छ । पार्टीमा सहमति गरेर नेताहरुले पहिल्यैदेखि पार्टीको तर्फबाट उमेदवार बनाउन लागिरहेको व्यक्तिप्रति समर्थन गर्न आग्रह गर्न गरिएको भेटघाट कार्यक्रम भएकोले खासै सोचेजस्तो सफल नभएको विश्वस्त श्रोतले बताएको छ ।
३ जना मध्ये बिशेषत २ जनाले नेेताहरुले अर्थात पार्टीले अगाडि बढाउन खोजेको उमेदवार विरुद्ध उमेदवारी दिएर पार्टीले आधिकारिक तोकेको व्यक्ति पराजित भए पत्रकार महासंघ तनहूँ , तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार ईकाई पछि पार्टी हारको ह्याट्रिक हुने डर केन्द्रियदेखि तनहूँका नेताहरुलाई रहेको धेरैको बुझाई छ ।
यसरी लामो रस्साकस्सीबिच नेपाली कांग्रेसका केन्द्रदेखि स्थानिय नेताहरुको एकजनालाई सकेसम्म सर्वसम्मत बनाउने नसके साझा उमेदवार बनाउने प्रयास असफल रहेको र भोली सोमवारको मनोनयन पश्चात बैशााष २ गतेसम्म उक्त प्रयाश जारी रहने गरि उक्त अनौपचारिक भेटघाट अर्थात छलफल टुगिंएको छ ।
हेरौ केन्द्रिय तहका नेताहरुको मेहनतले के रंग ल्याउछ ? व्यापारीहरु हेरिरहेका छन् व्यापारीहरुले आफ्नो नेता आफै चुन्छन् कि नेताहरुले चुन्नुहुनेछ त्यस्को अलिअलि टे«लर २ गते हुने अध्यक्ष पदका उमेदवारहरुसगको केन्द्रिय नेताको पुनः भेटघाटपछि थाहा पाईने विश्वस्त श्रोतले बताएको छ ।
कथंकदाचित पार्टी नेताहरुले तोकेको व्यक्तिलाई सर्वसम्मत छोड्न अध्यक्ष पदका आकांक्षीहरु तयार नभए वरिष्ठ उपाध्यक्ष पद सृजना गर्ने र वरिष्ठ उपाध्यक्ष अर्को कार्यकाल अध्यक्ष बन्न पाउने विधान संशोधन गर्ने आन्तरिक तयारी पनि रहेको विश्वस्त श्रोतले बताएको छ । त्यसो गरेको खण्डमा १ जनालाई सर्वसम्मत अध्यक्ष, १ जनालाई वरिष्ठ उपाध्यक्ष बनाएपनि बाँकि १ जनालाई कसरी मिलाउने ? कसरी विधान संशोधन गर्ने कांग्रेसका नेताहरु सोचिरहनुभएको होला !








