मोटरसाईकल दुर्घटनामा मृत्यु भएका सन्तोष कार्कीको शव अस्पतालमै

  • ख-
  • ख+

तनहूँ । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका वडा नं १२ छिर्कने पच्चिस सय पुलमा दुर्घटना पश्चात मृत्यु भएका सन्तोष कार्कीको शव दमौली अस्पतालमा नै रहेको छ । काठमाडौबाट पोखरा जान लागेका सन्तोष सवार मोटरसाईकललाई विपरित दिशाबाट आएको बसले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाईते कार्कीलाईट उपचारको लागि अस्पताल पुर्याएपछि वहाँको मृत्युभएको थियो । मृतक कार्कीको शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको र परिवारजनहरु सम्पर्कमा आएको जिल्ला ट्राफिक कार्यालय तनहूँले जनाएको छ । साथीहरुको समुहसग पोखरा घुम्नको लागि आउनुभएका कार्की सिन्धुपाल्चोक जिल्ला फुलासिग्ङ डाडाको बासिन्दा हुनुहुन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्