डुम्रेको क्लबको स्तरोन्नतीको लागि पहल गर्ने बाचा गर्दै सांसद श्रेष्ठ

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद कृष्णकुमार श्रेष्ठ किसानले नयाँ बर्ष २०७८ को शुरुवात दिन डुम्रे साँस्कृतिक युवा परिवारको भवन निरिक्षण गर्नुभएको छ । उक्त संस्थाको भवनको निरिक्षण गर्दै वहाँले यो डुम्रे साँस्कृतिक युवा परिवार डुम्रेक्षेत्रको मात्र नभई तनहूँ जिल्लाको नै पुरानो क्लब भएकोले यस संस्थालाई अझै जिवन्त पार्नु पर्ने बताउनुभएको थियो । साथै वहाँले यहाँका युवाहरुले लागुपदार्थ रोकथाम, दुव्र्यसनीहरुलाई जनचेतना फैलाउन, आफ्ना संस्कार र संस्कृतिहरु जोगाउन उल्लेखनिय काम गरेको हुनाले आफु सधै सहयोग गर्न तत्पर रहेको बताउनुभएको थियो ।
उत्तः अवसरमा डुम्रे साँस्कृतिक युवा परिवारका अध्यक्ष कैलाश श्रेष्ठले संस्थाको आम्दानी भनेकै हलको भाडा भएकेले त्यसलाई आधुनिक बनाउन सहयोगको आशा राख्नुभएको थियो । उक्त अवसरमा डुम्रे साँस्कृतिक युवा परिवारका भुतपूर्व अध्यक्षहरु शिवकाजी पिया, राजेश पिया, सुवोध अधिकारी, राजेन्द्र पिया, सुनिल श्रेष्ठ, सुजन श्रेष्ठ, मनोज कायस्थ, शिबकुमार श्रेष्ठ, राजु श्रेष्ठ, दिनेश प्रधान, दिपक श्रेष्ठ, बिकास श्रेष्ठ, बिशाल श्रेष्ठ, संस्थाा उपाध्यक्ष विक्की गुरुगं, सचिव शम्भु श्रेष्ठ, सह सचिव ईश्वर नेपाल, कोषाध्यक्ष बाबुल गुरुगं क्लबका सदस्यहरु रोमन श्रेष्ठ, राम श्रेष्ठ, राज श्रेष्ठ, सन्तोष श्रेष्ठ, धुर्व श्रेष्ठ, अभिषेस पिया, आकृति श्रेष्ठ लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो। २०४८ सालमा स्थापना भएको डुम्रे डुम्रे साँस्कृतिक युवा परिवार बन्दिपुर गाउँपालिका वडा नं.. ४ डुम्रेबजारमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्