कृषि ज्ञान केन्द्र तनहूँद्धारा दुम्सिकोट कालिडाँडामा सहयोग समाग्री हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । कृषि ज्ञान केन्द्र तनहुँको आर्थिक सहयोगमा व्यास नगरपालिका वडा नं. १० कालिडाँडा, दुम्सिकोटमा अर्गानिक कृषक समुहमा आवद्ध कृषकहरुलाई ड्रम, बाल्टि, बाटा र जग वितरण गरिएको छ । व्यास नगरपालिका वडा नं. १० की वडा सदस्य पतिमाया दरैको प्रमुख आतिथ्यतामा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले घरघरमा प्रागांरिक मल उत्पादन सहयोग कार्यक्रम अन्र्तगत ३५ जनालाई १ वटा २०० लिटर क्षमताको ड्रम, १ बाल्टि, १ वाटा र १ जग हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा प्रमुख तिवारीले कृषकहरुले यी सामाग्रीहरुको प्रयोग गरेर भकारो सुधारका साथै झोल मल उत्पादन गर्नुपर्ने बताउनुभएको थियो साथै वहाँले ज्ञान केन्द्रबाट उपलब्ध गराएको अनुदानलाई सहि सदुपयोग गर्नुपर्ने र आगामी दिनमा पनि अन्य अनुदान सहयोगका लागि ज्ञान केन्द्रमा सम्पर्कमा आउन आग्रह गर्नुभएको थियो । उक्त अवसरमा उक्त ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत फुलमाया शेर्पाले कृषकहरुलाई उपलब्ध गराइएका सामानहरुबाट झोल मल बनाउने विधि, मल प्रयोग गर्ने र यस्का फाईदाका बारेमा बताउनुभएको थियो ।
उक्त अवसरमा दुम्सिकोट टोल बिकास संस्थाका अध्यक्ष मिनबहादुर अधिकारी, चापागैरा सालथुम्कि सामुदायिक वनका सचिव जीवन पोखरेल, सर्व ज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेना, दुम्सिचौर टोल विकास संस्थाका गोपाल गुरुगं लगायतका महानुभावहरुले कृषकहरु सामाग्रीहरु उपलब्ध गराएकोमा कृषि ज्ञान केन्द्रलाई धन्यवाद दिदै उक्त क्षेत्रको माटो परिक्षण गरिदिन आग्रह गर्नुभएको थियो उक्त अवसरमा वहाँहरुले कृषकहरुलाई उपलब्ध सामाग्रीहरुको सहि सदुगयोग गर्न स्थानियहरुलाई आग्रह गर्नुभएको थियो ।
कृषि ज्ञान केन्द्र तनहूले उपलब्ध गराएको उक्त सामाग्री ९० प्रतिशत अनुदानमा उपलब्ध गराइएको र कृषकहरुको १० प्रतिशत लगानी रहेको उक्त अवसरमा बताईएको थियो ।
कालिढडाँडा सामुदायिक होम स्टेका अध्यक्ष अर्जुन गुरुगंले संचालन गर्नुभएको कार्यक्रम सामुदायिक भवनकी जग्गादाता मंगलीमाया कुवरको सभापतित्वमा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्