( अध्यक्ष अनिल पाण्डे ) तनहूँ। जिल्ला खेलकुद विकास समिति तनहूँको अध्यक्षमा अनिल पाण्डे मनोनित हुनभएको छ। गण्डकी प्रदेश खेलकुद मन्त्रालयको निर्णय बमोजिम समितिको अध्यक्षमा पाण्डे र सचिवमा तुलसीराम पाण्डे नियुक्त हुनुभएको छ ।
लामो समयदेखि रिक्त उक्त पदहरुमा वहाँहरुलाई नियुक्त गरिएको हो ।
जिल्लामा खेलकुदका गतिविधि शुन्यप्राय भईरहेको समयमा वहाँहरुको नियुक्ति पश्चात खेलकुदका गतिविधिहरु चलायमान हुने खेलप्रेमी तथा शुभेच्छुकहरुले विश्वास लिनुभएको छ ।








